ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै घाइतेको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार काबेली खोलादेखि डुम्रिसेको माखोजतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।







