वीरता लेडी जेसीजले दृष्टिविहीन महिलालाई फलफुल र नगद वितरण गरेको छ ।
झापाको चारपानेकी दामोसरी राजवंशीलाई नगदसहित फलफुल वितरण गरिएको हो ।
माता तीर्थ औंशीको अवसर पारेर राजवंशीलाई ११ हजार नगद सहयोग प्रदान गरिएको वीरता लेडी जेसीज वर्ष २०२४ की अध्यक्ष मेनुका ओलीले जानकारी दिइन् ।
Advertisement
लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा आयोजित संक्षिप्त कार्यक्रमका बीच राजवंशीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
दृष्टिविहीन मात्र नभएर आफन्तविहीन अवस्थामा रहेकी राजवंशी केही समयअघि लडेर घाइते भएकी थिइन् । शुभेच्छुक र इष्टमित्रको सहयोगले उनको जीवन गुजारा चलिरहेको छ ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता गिरी, महासचिव मुना ढुंगेललगायत लेडी जेसीजका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।







