मेचीनगरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका वडा नं.१५ स्थित ज्यामिरगढी-चन्द्रगढी सडकमा शनिबार साँझ ७:३० बजेतिर गाहिनावारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नं को ट्रयाक्टरसँग विपरित दिशाबाट जाँदै मे ११ प ९०२ नं.को मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा नं.२ बस्ने २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको हो । घाइते अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ८:३० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
ट्रयाक्टर, ट्रयाक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।







