• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वाइसीएल झापाको अध्यक्षमा शाही


  •    संवाददाता/ शनिबार, बैशाख २२, २०८१  

  • नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल झापाको छैठौं जिल्ला भेला सम्पन्न भएको छ ।

    शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा डेबिट शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै भेला सम्पन्न भएको हो ।

    Advertisement

    शाहीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ चयन भएका छन् ।

    Advertisement

    त्यस्तै जनक ल्वागुन सचिव र सहसचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समिर लिम्बू चयन भएका छन् भने मेनुका राजवंशी कोषाध्यक्षमा चयन भएकी छन् । नयाँ कार्यसमितिको नामावली वाइसीएल नेपालका केन्द्रीय सदस्य डम्बर पुलामी (कर्म) ले उद्घोष गरेका थिए ।

    झापाका १५ वटै पालिकाबाट १ महिला अनिवार्यसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको वाइसीएल नेपाल झापाका संस्थापक अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।

    उक्त कार्यक्रमका बिच वाइसीएल झापाका संस्थापक तथा विभिन्न जिल्लामा संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेर हाल झापामा बसोबास गरिरहेका नेतृत्वलाई सम्मान गरिएको थियो ।

    वाइसीएलका मेची व्युरो संस्थापक अध्यक्ष इन्द्र आङ्बो (मौसम), झापाका संस्थापक अध्यक्ष राजु आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत), पूर्व अध्यक्षहरु मोहन नेम्बाङ (सञ्चार), डम्बर पुलामी (कर्म), दलबहादुर तामाङ, कुमार आचार्य, तेह्रथुमका संस्थापक अध्यक्ष खड्ग कन्दङ्वा (रोशन), मोरङका संस्थापक अध्यक्ष कुलप्रसाद साँवा (कुशल), संखुवासभाका संस्थापक अध्यक्ष अस्मिता तामाङ कन्दङ्वा, झापाका संस्थापक सचिव मोहन टुडू (सरोज), कोषाध्यक्ष निर्मला खतिवडा (निरु) र सदस्य रञ्जिता जबेगु निङ्वालाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलले खादा तथा सम्मानपत्रले सम्मान गरेका थिए ।

    उक्त अवसरमा वाइसीएलले झापामा सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताबाट टप फाइभमा पर्न सफल प्रतियोगीहरुको फिनालेसमेत सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने दमककी सञ्जिता लिम्बूले नगद २० हजारसहित सम्मानपत्र प्राप्त गरिन् । दोस्रो हुने शिवसताक्षीका करण गदाइलीले नगद १५ हजारसहित सम्मानपत्र, तेस्रो हुने कनकाईका राजेश बस्नेतले नगद १० हजारसहित सम्मानपत्र र सान्त्वना हुने कनकाईका असरफ खान र शिवसताक्षीकी सन्तोषी राजवंशीले जनही नगद ५ हजारसहित सम्मानपत्र प्राप्त गरेका थिए ।

    वाइसीएल झापाका अध्यक्ष राजकुमार विश्वकर्मा (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख अजम्बर काम्बाङ राई, नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो, वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष सुबोध श्रीपाली, केन्द्रीय सदस्यहरु झलकबहादुर दर्लामी, कुलप्रसाद साम्बा लिम्बू, रञ्जित तामाङ, हरि राना, लक्ष्मी न्यौपाने सरु, सुशिला घिमिरे सामना, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी फ्याक्सन इञ्चार्ज मुक्साहाङ मेन्याङ्बोलगायतको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन राजेश घतानीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
    रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, निर्धारित समयमा सुरु हुने सम्भावना कम
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.