• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मोहनमायामा विद्यार्थी बढे, दुई सिफ्टमा पठनपाठन सञ्चालन


  •    संवाददाता/ मङ्गलबार, बैशाख १८, २०८१  

  • सामुदायिक विद्यालयमा पनि अङग्रेजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकको आकर्षण बढ्दै गएको छ । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा विद्यालयमा पठनपाठन गरिने भएको हो ।

    मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नु परेको बताए । “भर्ना अभियानअन्तर्गत हामीले तीन सय जना नयाँ विद्यार्थीका लागि वैशाख १ देखि ६ गतेसम्म भर्ना फारम खुलाएकामा नौ सय ५० जना विद्यार्थीको आवेदन प¥यो र करिब छ सय विद्यार्थीलाई पढाउन नसकिने अवस्था आएपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगरपालिकालगायत सवै पक्षको सहयोगमा बिहानी सत्रमा ६ देखि १० बजेसम्म पढाई गर्ने निर्णय भएको हो,” प्रधानाध्यापक श्रेष्ठले भने ।

    Advertisement

    बाह्रदशी गाउँपालिकाबाट आफ्नो छोरीलाई कक्षा ३ मा भर्ना गर्न ल्याएकी अभिभावक कमला कार्की राजवंशी आफ्नो नानीको भर्ना नपाएपछि खाली हात फर्किनुप¥यो । करिब २५ किलोमिटरको दूरी पार गरी उनी आएकी थिइन् । “निजी विद्यालयमा पढाउन हाम्रो आर्थिक हैसियतले भ्याउँदैन, अन्य सामुदायिक विद्यालयमा छोरीलाई पढाउने वातावरण नै छैन, समयको मात्रै बर्बादी हुने पढाईको गुणस्तर नै छैन,” उनले भन्नि ।

    Advertisement

    यो वर्ष नानीबाबुलाई भर्ना गराउन ढिलो ल्याउँदा भर्ना पाइएन, प्रधानाध्यापकले अर्को शैक्षिक सत्रको सुरुवातमा नै ल्याए भर्ना पाउनुहुन्छ भन्नुभएको उनले सुनाए । उनीजस्तै निराश भएर अभिभावक आफ्ना नानीबाबुको भर्ना नगराई दिनहुँ जसो फर्किनु परिरहेको छ । मोहनमाया माविका प्रधानाध्यापक श्रेष्ठ भन्छन्, “हामीले नर्सरी देखि कक्षा १ सम्म पहिले आउनेलाई भर्ना गर्ने र २ देखि ९ कक्षा सम्म प्रवेश परीक्षा लिई भर्ना गर्ने गरेका छौँ । बिहानी सत्रमा ६ देखि १० बजेसम्म अध्यापन गराउँदा ‘क्रेडिट आवर’ पुग्दैन बिस्तारै विभिन्न दाता तथा नगरपालिकाको सहयोगमा कक्षाकोठा व्यवस्थापन गरी पठनपाठन गराउने विद्यालयको तयारी रहेको छ ।”

    अभिभावकको अङ्ग्रेजी भाषाप्रतिको रुचि, विभिन्न सिकाइमा भाषा जान्दाको सहजता र स्वदेश तथा विदेशमा रोजगारीका लागि पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने हुँदा अङ्ग्रेजी माध्यममा सबैको चासो बढेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । उनले विद्यार्थीको सिकाइमा भाषाले खासै प्रभाव नपार्ने भए पनि अभिभावकको चासो र सहयोगले गर्दा नै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको बताए ।

    एक जना अभिभावक डिल्लीराम कट्टेल सन्तुष्ट हुँदै भन्छन्, “मेरो छोरी १० कक्षामा अध्ययन गर्छिन् दुई वर्ष पहिले कक्षा ८ मा यही विद्यालयमा भर्ना गराएको हो । पहिले निजी विद्यालयमा पढाउँदै गर्दा विभिन्न शीर्षकमा लाखौँ शुल्क तिर्नुपर्ने अवस्था थियो अहिले कम शुल्कमा नै गुणस्तरीय शिक्षा उपलब्ध भएको छ ।”

    नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा, ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । संविधानमा शिक्षा नि:शुल्क गर्ने व्यवस्था गरे पनि विद्यालयमा माध्यमिक तहको २५ वटा सेक्सनका लागि एक जना मात्र शिक्षकको दरबन्दी रहेको र आधारभूततर्फ पनि त्यस्तै अवस्था भएकाले अभिभावकको सहयोगविना विद्यालय सञ्चालन गर्न नसकिने प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

    बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तिलचन भण्डारीका अनुुसार विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी सृजना नहुँदा र एक्कासि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दा समस्या आएको छ । मोहनमाया माविमा एक सय तीनजना शिक्षक कर्मचारी रहेका छन् जसमध्ये ३३ जनाको सेवासुविधा सरकारले र बाँकी ७० जनाको विद्यालयले निजी स्रोतबाट उपलब्ध गराउँदै आएको छ । मौलिक हक तथा विभिन्न ऐन कानुनमा माध्यमिक तहसम्मको पढाइ नि:शुल्क हुने भनिए पनि सो अधिकांश विद्यालयमा लागू हुन सकेको छैन ।

    सरकारले विद्यालयलाई चाहिने आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पु¥याउन नसक्दा सामुदायिक विद्यालयमा पनि निजी जस्तै शुल्क तिर्नुपर्ने रहेको छ । धेरै लगानी भइसकेका सामुदायिक विद्यालयमा सरकारले थप केही लगानी गर्दा अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आउँदैन र संविधानमा व्यवस्था भएको मौलिक हकको समेत कार्यान्वयन हुन जान्थ्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.