• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अमेरिकामा भव्य कार्यक्रम सहित ‘चासोक तङ्नाम’ मनाइने


  •    संवाददाता/ सोमबार, पुष ०२, २०८०  

    1. लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ (पौष ७) मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ ।

    कार्यक्रम डिसेम्बर २३ मा युनाइटेड शेर्पा एसोसिएशन हलमा आयोजना हुने छ । विगतका वर्षहरु जस्तै यस वर्ष चासोक तङ्नाममा चासोक पूजा, यालाङ, केलाङ, हाक्पारे सहित सांस्कृति कार्यक्रम आयोजना हुने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले बताए । साथै कार्यक्रममा डिजेसमेत प्रस्तुत गरिने अध्यक्ष थेबेको भनाइ छ ।

    कार्यक्रममा गायिका लिला सिंघक, गायक विरेन्द्रहाङ लावुङ, मनु लिम्बु, भिम सुब्बा, राम सोदेम्बा, रेमश अधिकारीले गायन प्रस्तुती दिनेछन् भने कलाकार सोनिया योक्योक, ममता सुब्बा लगायतको नृत्य प्रस्तुति रहने छ । लिम्बू संस्कार संस्कृतिलाई जगेर्ना गर्दै दोस्रो पुस्तालाई आफ्नो मौलिक परम्परा हस्तान्तरण गर्न चासोक तङ्नाम जस्ता मौलिक पर्वहरुले टेवा पुग्ने हेतुले यस पटक अमेरिकामा विशेष रुपमा चासोक मनाउन लागिएको चुम्लुङ अमेरिकाका पूर्व उपाध्यक्ष तथा सल्लाहकार साथै वर्तमान चुम्लङ संस्कार संस्कृति संयोजक कुवेर वनेमले बताए ।

    Advertisement

    प्रकृतिपुजक किरात याक्थुङ समुदायले उधौली पर्वलाई चासोक तङ्नामको रुपमा मनाउने गर्दछन् । हरेक वर्षको मंसिर पूर्णिमाका दिन उधौंली पर्व मनाइन्छ । किराँती मान्यता अनुसार उधौलीको दिनदेखि हिउँद सुरु हुने, हिउँद याम सुरु भए लगत्तै बस्तुभाउ, चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय सङ्केतका रूपमा यो पर्वलाई किरात समुदायले लिने गरेका छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

    Advertisement

    पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर यो पर्वमा किरात समुदायमा दाजुभाइ तथा दिदि–बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक नृत्य प्रस्तुत गर्ने चलन छ ॥

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.