झापा । लुकाईछुपाई नेपाल ल्याउँदै गरेको अवस्थामा साढे ६ लाख मुल्य बराबरका पटाकाजन्य सामाग्री प्रहरीले झापाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
मंगलबार धुलाबारीबाट खटिएको प्रहरीले मेचीनगर १० शान्ती समाज टोलबाट ३ लाख ५० हजार , शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरीले अर्जुनधारा पाँच बाट १ लाख मुल्य बराबरका पटाकाजन्य सामाग्री बरामद गरेको ।

Advertisement
यस्तै बुधबार जील्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचिनगर ५ नकलबन्दाबाट करीव २ लाख बराबरका पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।







