बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित मनकामना माध्यमिक बिद्यालयमा विविध कार्यक्रम गरि बाल दिवस मनाईएको छ । 
५९ औं बाल दिवसमा बालबालिकाले विभिन्न प्रस्तुति दिएका थिए । कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीले नृत्य ,संगीत,कबिता वाचन लगायतका क्रियाकलापमा सहभागीता जनाएको प्रधानाध्यापक केशब ढुंगानाले बताए । 
बिद्यालयमा रहेको उज्यालो मनकामना बाल क्लबले सचेततामुलक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन कक्षा ६,७,८ र ९ का विद्यार्थीले संयुक्तरूपमा गरेका थिए ।
Advertisement







