• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने


  •    संवाददाता/ मङ्गलबार, भदौ १६, २०८३  

  • बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ ।

    अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने किशोर किशोरीमा चिन्ता र अवसाद वा डिप्रेसनका लक्षण बढी देखिने गरेको सिन्ह्वाको खबरमा उल्लेख छ । यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ ।

    Advertisement

    अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यु साउथ वेल्स विश्वविद्यालयकी सहप्राध्यापक सुजेन स्वाइजरले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको खाता हुनु मात्रभन्दा उनीहरूले पहिलो पटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको उमेर बढी महत्त्वपूर्ण देखिएको बताएकी छन् ।

    Advertisement

    अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनुअघि गरिएको यो अध्ययनमा १० देखि १५ वर्ष उमेर समूहका किशोर-किशोरी र उनीहरूका एक-एक जना अभिभावक सहभागी गराइएका थिए । अध्ययनमा सहभागीमध्ये करिब ७० प्रतिशतले आफूले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए भने झन्डै आधासँग सामाजिक सञ्जालको खाता रहेको थियो । उनीहरूले औसतमा ११ वर्षको उमेरमा पहिलो पटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको पाइएको थियो ।

    अध्ययनमा सहभागी १० देखि १५ वर्ष उमेर समूहका करिब एक चौथाइ बालबालिकाले प्रतिबन्ध लागू भएपछि सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको बताएका थिए । त्यस्तै ३४ प्रतिशतले खाता नखोली सामाजिक सञ्जाल प्रयोग गर्ने र ३५ प्रतिशतले प्रतिबन्धलाई छल्दै आफ्नो खाता प्रयोगलाई निरन्तरता दिने उपाय खोज्ने बताएका थिए ।

    अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश गर्न केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य संरक्षणका लागि उपयोगी नीतिगत उपाय हुन सक्नेमा जोड दिइएको छ । यससँगै बालबालिकालाई सुरक्षित तथा स्वस्थ डिजिटल बानी विकास गर्न आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने अध्ययनले सुझाव दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.