नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध संस्था नेपाल नाई संघ झापाको सातौं जिल्ला अधवेशनले मनोज ठाकुरको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
विर्तामोडमा सम्पन्न अधिवेशनले ठाकुरको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजकपुर ठाकुर र विश्वनाथ ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा मौजुलाल ठाकुर र कोषाध्यक्षमा मुकेश ठाकुर चयन भएको निर्वाचन अधिकृत जयकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार समितिका सदस्यहरुमा उमेश ठाकुर, बुधन ठाकुर, छविलाल हजाम, दिनेश ठाकुर, प्रमोद ठाकुर र दिलिप ठाकुर चयन भएका छन् । १७ सदस्यीय समितिमध्ये पालिकाहरुको प्रतिनिधित्व गराउँदै पाँचजना सदस्य कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नाई संघका केन्द्रीय सदस्य राजकुमार ठाकुर, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि अधिवेशनको उद्घाटन समारोह नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य र राजबृज ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो ।







