बिर्तामोड । ट्रकको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ निवासी ७० वर्षीय जगतमान सावा रहेका छन् ।
प्रहरीका अनुसार मेचीनगर १३ स्थित चारआलीमा मङ्गलवार अपराह्न ४ बजेप्रदेश १।०१।००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री वृद्ध सावालाई ठक्कर दिएको थियो ।
Advertisement
दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्रकुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीलेनियन्त्रणमा लिएको छ ।







