बिर्तामोड । बिर्तामोड स्थित भद्रपुर रोडमा कार्जस्पा दि कार डिटेलिङ स्टुडियोको शाखा कार्यालयको उद्घाटन गरिएको छ । बिहीबार उद्घाटन भएको सो कार्यालय कार्जस्पाको देशैभरमा मध्ये तेस्रो शाखा कार्यालय हो । कार्यालयको उद्घाटन नायिका बर्षा राउतले रिबन काटेर गरेकी हुन् ।
उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटीले शुभकामना राखेका थिए । बिर्तामोड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राहुल राउत, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं र मेची चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम बिमली सहित कम्पनीका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्जस्पा कार तथा मोटरसाइकलको डिटेलिङ गर्ने अन्तर्राष्ट्रिय स्तरको डिटेलिङ स्टुडियो हो । भारतमा सन् २००७ देखि र नेपालमा सन् २०१९ देखि सञ्चालनमा रहेको एक अनुभवी कार डिटेलिङ गर्ने कम्पनी भएको बताईएको छ । 
नयाँ सवारी साधनहरू संरक्षण सेवा जस्तै कर्यास्टल सिलड सेरामिक कोटिङ तथा पुराना सवारी साधनहरू नयाँ अवस्थामा पुयाउनकालागी यस कम्पनीले सेवा दिने पत्रकार भेटघाटका बिच जानकारी गराईएको छ।
झापा,इलाम लगायतका सेवाग्राहीका सुविधालाई मध्यनजर गर्दै बिर्तामोडमा संचालन गरिएको सञ्चालकले बताएका छन् ।
अजित खनाल, अर्जुन चापागाईं र दिपक सुवेदीले सो कम्पनी संचालनमा ल्याएका हुन् ।







