• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement


  •    संवाददाता/ शनिबार, बैशाख १७, २०७९  

  • कनकाईवासीको भरोसा श्याम ओली
    कनकाई हुर्किएका कनकाई नगरपालिका वार्ड ३ का श्यामसुन्दर ओली लोकतन्त्र, सुशासन, राष्ट्रियता र विकासको मूल नारा लिएर वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कनकाई नगर प्रमुख पदमा उम्मेदवार बनेका छन् ।

    बुबा देवीप्रसाद ओली( दाताराम)बाट प्राप्त समाजसेवा र राजनीतिप्रतिको लगाव अहिले पनि मरेको छैन ओलीमा । कनकाई नगरका युवाहरू उनलाई ‘श्यामदाइ’ भन्छन् यो नाम युवाका लागि अति प्रिय छ । हुन त ‘श्याम अंकल’ भन्नेको पनि कमी छैन । बाल्यावस्थामै बुबाको समाजप्रतिको उत्तरदायित्व र कर्तव्यलाई नजिकबाट बुझेका उनी २०५३ सालमा एमाले नेता युक्त भेटवालको चुनावी अभियानमा सरिक भएर कम्युनिष्ट राजनीतिको यात्रा शुरु गरेका ओलीले केही दिन अघिसम्म एमालेमै रहेर आफ्नो राजनीतिक कर्मलाई निरन्तरता दिएका थिए, अहिले उनी नगरकै एमाले र नेपाली कांग्रेस पछाडिको तेस्रो शक्तिको रूपमा उदाएको र कनकाई नगरमा निरन्तर प्रगति गरिरहेको राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । ओलिको उम्मेदवारीले हलचल पैदा गरेको छ ।

    Advertisement

    आगामी बैशाख ३० मा हुने तय भएको स्थानीय तहको चुनावमा एमाले र नेकाका उम्मेदवारसँग कडा प्रतिष्पर्धामा रहेका श्याम असलमा समाजसेवाबाट राजनीतिमा आएका हुन् । उनी जनताले दिएको माया र जनचाहना बमोजिम राजनीतिमा आएको र जनसेवा नै आफ्नो अभिष्ट भएको उनको दावा छ । नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गरेका ओलीले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका ३ वटा वार्डमा विद्युत विस्तारमा मुख्य भूमिका खेली उज्यालो नगरीको अभियान अघि बढाइरहेका छन् । उनको पहलकदमीमा भएको यो कामबाट जनताले ठूलो राहत महसुस गरेका छन् र यसले उनलाई जनता नजिक बाट चुनेका छन् । कनकाई नगरमा उनको प्रसिद्धि वास्तवमा उनको न्यायको पक्षमा प्रष्ट अडान, विद्युत विस्तारमा खेलेको भूमिका र उनको ग्रास लेभलका मानिसदेखि माथिल्लो तहका मानिससँगको पहुँचका कारण बढेकोमा शंका छैन ।

    Advertisement

    जनताको जीवनशैलीलाई माथिल्लो तहमा लैजाने र मुलुकमा शान्ति अमनचयन कायम गर्ने राजनीतिको लक्ष्य मान्छन् उनी, मिलाएर खाने, सेटिङ मिलाएर अबैध काम गरी मुलुक र जनतालाई ठग्ने प्रवृत्ति आजको राजनीतिको कालो रूप हो । हो, त्यही भ्रष्टाचारको विरुद्ध उनले राप्रपाबाट कनकाई नगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने राप्रपाका केन्द्रीय अध्यक्षको लाइनमा छन् उनी । कनकाई नगरमा व्याप्त सेटिङ मिलाएर राज्यकोषको दोहन गर्ने र जनताले तिरेको करको दुरुपयोग गर्ने परिपाटीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । उनले यस अघि कनकाई नगरको नेतृत्व गर्ने दलका कार्यकर्तालाई प्रश्न गरेका छन्—तपाई कनकाई नगरपालिकामा प्रतिनिधित्व गर्ने नेतृत्वले एक पैसा पनि हिनामिना गरेको छैन भनी हृदयमा हात राखेर, मन्दिरमा पसेर भगवानका सामु भन्न सक्नुहुन्छ रु उनी प्रश्न गर्छन्—तपाईहरूलाई आफ्नो नेतृत्व निष्कलङ्क र बेदाग भएको शतप्रतिशत विश्वास छ रु अरुलाई ढाँटे पनि मानिसलाई आफ्नो मनलाई ढाँट्न सक्दैन । जनताको चाहना नगरमा नेतृत्व परिवर्तन हो ।

    जनताको आशा र भरोसाको रूपमा श्याम उभिएका छन् । सबैभन्दा मानसिक दबाबमा रहेको कुनै वर्ग छ भने त्यो युवा वर्ग छ । त्यही वर्गको संरक्षण गर्दै स्वरोजगार सृजना गर्ने ओलीको लक्ष्य छ । उनी भन्छन्, ‘मेयरमा उम्मेदवारी दिएका बखत मेरो मन र मस्तिष्कमा युवाहरूकै चित्र थियो ।’ राप्रपाको राष्ट्रिय घोषणापत्रको आधारमा स्थानीय विषयवस्तु र जनसरोकारका सवाललाई समेटी स्थानीय घोषणापत्र बनाइएको छ र त्यसकै आधारमा आफू चल्ने र पार्टी पंक्तिलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता छ । श्याम ओली कनकाई नगरवासीका लागि प्यारो नाम पनि बन्दै गएको छ । कसैलाई कुनै अन्याय परेको छ अथवा कोही कुनै अप्ठेरोमा छ भने उनी सदैव न्यायको पक्षमा उभिने र सेवाका लागि तत्पर हुने गर्छन् । जनता विकल्प खोजिरहेका छन् । जनता पुरानै अनुहारको पक्षमा छैनन् । जनता भ्रष्टाचारमुक्त नगरपालिकाको पक्षमा छन् ।

    आफूले गरेको सामाजिक काम र कनकाई नगरवासीलाई पुर्याएको सहयोगले जनताको हृदयमा विश्वास पैदा भएको छ । राष्ट्रियता, जनजीविका र सुशासनको पक्षमा मुलुकमै सबभन्दा अगाडि उभिएको राष्ट्रवादी शक्ति राप्रपाप्रति जनताको विश्वास यति बढेको छ कि अब मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्छ भन्ने जनताको अपेक्षा छ, हो त्यसैको आधारमा आफूले पनि जित्ने उनको भनाइ छ । कनकाई नगरका सबै वार्डका जनतासँग आफ्ना घनिष्ठ सम्बन्ध रहेको र राप्रपा आफ्ना भविष्य भएको जनताको बुझाइ भएका कारण आफूलाई जनताले मतदान गर्ने उनको आश छ ।
    ओलि कनकाई नगरलाई उनी स्मार्ट नगर बनाउन चाहन्छन् । ‘हाम्रो कनकाई राम्रो कनकाई’, ‘उज्यालो नगरी कनकाई नगरी’, ‘श्याम ओली युवाको बोली’, ‘युवाको आशा जनताको भरोसा’ जस्ता सुन्दर नाराहरूसहित चुनावी मैदानमा उत्रिएका छन् ।

    ओली कसैलाई कुनै विभेद गर्दैनन् । पार्टीगत रूपमा कुनै कसैलाई कुनै फरक गदैनन् । धनी र गरीब समान हुन्। उनका लागि कनकाई आफ्नै घर हो र नगरवासी एउटै परिवारका सदस्यहरू । जाति, भाषा, वर्ग, क्षेत्र, दलगत कुनै पनि रूपमा उनी कसैलाई पक्षपात गर्दैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.