असार २५,मोरङ । मोरङमा सवारीसाधनको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
बूढीगंगा गाउँपालिका–३ मा सवारीसाधनको ठक्करबाट पैदलयात्री स्थानीय २० वर्षीय रामकुमार राजवंशीको ज्यान गएको हो ।
बिहीबार राति करिब १० बजे बूढीगंगास्थित शिवम प्लास्टिक फ्याक्ट्रीअगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट राजवंशी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति करिब साढे १० बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
Advertisement
दुर्घटनामा संलग्न सवारीसाधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जानकारी दिएको छ ।







