असार १३,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले अनिश्चितकालसम्मको लागि आजदेखि अनलाइन कक्षा पढाउन बन्द गरेका छन् । त्रिवि आंशिक प्राध्यापक संघले विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएको हो ।
त्रिवि र त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघबीच ०७७ पुस २४ गते शिक्षण सहायकको सेवा–सुविधा पाउने गरी व्यवस्थापन गर्ने सम्झौता भएको तर हालसम्म पनि कार्यान्वयन नभएकोले यही असार १० गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय विभाग, प्राविधिक तथा सम्पूर्ण आंगिक क्याम्पसका अनलाइन कक्षाहरु सम्झौता कार्यान्वयन नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
Advertisement







