असार१३, विराटनगर । बाल सुधारगृहको तीन तलामाथिबाट हामफालेर फरार भएका चार बालकलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बालबिज्याईंसम्बन्धी विभिन्न मुद्दामा अदालतबाट सजाय भई उनीहरु सुधारगृहमा रहँदै आएका थिए ।
शनिबार अपराह्न विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहको छतबाट हामफाली चार बालबिज्याईंकर्ताहरू फरार भएका थिए । तीमध्ये एकजनालाई तत्कालै विराटनगर–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बाँकी तीनजना फरार रहेकोमा खोजतलास गर्ने क्रममा आइतबार बिहान विराटनगर–४ स्थित पुलचोक नहरछेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
डीएसपी मञ्जील मुकारुङले उनीहरू सामान्य घाइते समेत रहेको देखिएकोले उपचारको लागि कोसी अस्पताल विराटनगर पठाई थप अनुसन्धान भइरहेको बताए ।







