• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संसारका विभिन्न देशमा भेटिएका भेरियन्टलाई डब्लुएचओले दियो नयाँ नाम


  •    संवाददाता/ मङ्गलबार, जेठ १८, २०७८  

  • काठमाडौं । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोना भाइरसका भेरियन्टलाई नयाँ नाम दिएको छ। डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो।

    वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा उक्त देशलाई कलंक लगाएजस्तो हुने भएकाले नयाँ नाम राख्ने निर्णय भएको हो।

    Advertisement

    उक्त निर्णयअनुसार अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकाको बेटा, ब्राजिलको गामा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा हुने भएको छ। अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जानेछ।

    Advertisement

    डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्।

    यसअघि महामारी फैलँदा जहाँबाट त्यसको उत्पति भएको हो त्यही ठाउँका आधारमा नाम राख्ने चलन थियो। इबोला भाइरस फैलँदा कंगोको नदीको नामबाट यसको नाम राखिएको थियो।

    यसरी कुनै ठाउँका आधारमा नाम राखिने नामले सधैँ भाइरसको उत्पतिबारे बताउँछन् भन्नेचाहिँ हुँदैन। सन् १९१८ मा फैलिएको महामारीको नाम स्पेनिस फ्लू राखिएको थियो तर उक्त महामारी कहाँबाट सुरू भएको थियो पत्ता लागेको थिएन।

    कुनै पनि देशले भेरियन्ट पत्ता लगाएर अरूलाई जानकारी दिएको बदलामा कलंकित हुनु हुँदैन,’ डब्लुएचओकी इपिडेमिओलोजिस्ट मारिया भान केरखोभले भनिन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.