• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरिब देशलाई खोप उपलब्ध गराउन विश्व स्वास्थ्य डब्लुएचओको आग्रह


  •    संवाददाता/ मङ्गलबार, जेठ ०४, २०७८  

  • काठमाडौं । गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला डब्लुएचओले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

    पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप उपलब्ध गराएको बताउँदै अन्य धनी मुलुकले पनि त्यसै गर्ने अपेक्षा डब्लुएचओले गरेको हो ।

    Advertisement

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधनोम धेब्रेयेसुसले जेनेभामा आयोजित एक कार्यक्रममा भने,‘केही धनी मुलुकले बच्चा र वयस्कहरुका लागि सञ्चालन गर्न लागेको खोप अभियान म बुझ्छु तर उनीहरुलाई म त्यो योजना पुर्नविचार गर्न र खोप कोभ्याक्सलाई दिन आग्रह गर्दछु ।

    Advertisement

    कोभ्याक्स मार्फत निम्न आय भएका मुलुकहरुलाई खोप वितरण गर्ने गरिन्छ । अहिले ठूला मुलुकले कोभ्याक्सलाई खोप प्रदान नगर्दा साना र गरिब मुलुकमा कोरोनाको संख्या बढेको छ तर खोप छैन । कोभ्याक्सले अहिलेसम्म ६ करोड खोप मात्रै वितरण गरेको छ । भारतले कोभ्याक्सलाई दिनुपर्ने खोप नदिएको र अन्य मुलुकले पनि आवश्यक मात्रामा उपलब्ध नगराएको कोभ्याक्स प्रभावित भएको छ ।

    विश्व स्वास्थ्य संगठनमा अहिलेसम्म निम्न आय भएका मुलुकमा कुल उत्पादन भएको खोपमध्ये ०.३ प्रतिशत मात्र पुगेको जनाएको छ । केही सीमित मुलुकहरुले अधिकांश खोप होल्ड गरिरहेका छन् ।

    मध्यम र निम्न आय भएका धेरै मुलुकले भ्याक्सिनमा भारतबाट अपेक्षा गरिएको थियो । तर भारतले आफ्नो सम्पूर्ण उत्पादन आन्तरिक प्रयोगमा केन्द्रित गरेपछि धेरै मुलुकमा यतिबेला खोपको चरम अभाव छ । मूल्यको हिसाबले अमेरिका, युरोप र रसियाले उत्पादन गरेको खोपभन्दा भारतीय खोप सस्तो भएका कारण पनि धेरै मुलुकले भारतबाट खोप खरिदको प्रक्रिया अगाडि बढाएका थिए ।

    पहिले धनी मुलुकहरु लाभान्वित हुने र त्यसपछि अन्य मुलुकले खोप पाउने अहिलेको प्रणालीले कोरोना महामारी नियन्त्रण नआउने विश्व स्वास्थ्य संगठनको बुझाइ छ ।
    युनिसेफले बेलायतलाई कम्तीमा २० प्रतिशत खोप अन्य मुलुकलाई प्रदान गर्न सिफारिस गरेको छ । एकदमै आवश्यकतामा रहेका मुलुकहरुलाई जुन महिनासम्म खोप उपलब्ध गराउन युनिसेफले आग्रह गरेको छ । अन्य मुलुकलाई खोप लगाएपछि मात्रै कोरोनालाई रोक्न सकिने युनिसेफको भनाइ छ ।

    दि न्युयोर्क टाइम्सले विश्वभर खोप अभियानको नेतृत्व लिन राष्ट्रपति जो वाइडनलाई आग्रह गदै एक सम्पादकीय नै प्रकाशित गरेको छ । अहिलेसम्म विश्वमा १।३ विलियन मानिसले खोप लगाइसकेका छन । तर २० देखि ३० गरिब मुलुकमा खोप लगाउनेको संख्या भने अझै पचास लाखभन्दा कम छ । त्यसैले खोपमा कुनै पनि खालको समानता पाइँदैन ।

    अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड खोप सहयोग गर्ने
    यसैबीच अमेरिकी राष्ट्रपति जो वाइडले विभिन्न मुलुकलाई ८ करोड खोप वितरण गर्ने घोषणा गरेका छन् । यसअघि ६ करोड खोप बाँड्ने घोषणा गरेको अमेरिकाले थप दुई करोड खोप वितरण गर्ने घोषणा गरेको हो ।

    ह्वाइटहाउसमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै वाइडनले आगामी जुन महिनाको अन्तिम सातादेखि विभिन्न मुलुकलाई खोप वितरण थाल्ने समेत बताएका छन् । अमेरिकाले घोषणा गरेको ८ करोडमध्ये ६ करोड एष्ट्राजिनिकाको खोप हो भने बाँकी २ करोड मोर्डना, पिफाइजर र जोन्सन एण्ड जोन्सन भ्याक्सिन हुन् ।

    ६ करोड खोप वितरणका लागि अमेरिकाको गुणस्तर विभागले अनुमोदन गर्नुपर्छ जुन अहिले प्रक्रियामा नै रहेको छ । अमेरिकाले वितरण गर्न खालेको खोप ल्याउनको लागि नेपाल सरकारले पनि पहल गरिरहेको छ । नेपाल अमेरिकी पक्षसँग कुराकानी गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भेनेजुएलामा शक्तिशाली भूकम्प, जनधनको ठूलो क्षति भएको आशंका
    अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
    माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.