झापा । कोरोना संक्रमितको सँख्या थपिदै र स्थानीय सरकारको आलोचना गएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ ।
मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो ।
त्यसैगरी संक्रमितका लागि नगरपालिकाका तर्फबाट एउटा पाँच बेडको कोरोना अस्पताल ,एम्बुलेन्स र सबवहान तयारी अवस्थामा राखिएको छ।
Advertisement
नगरले प्रत्येक वडामा एकजना फोकल पर्सन समेत तोकेको र प्रत्येक दिन बिरामीको अवस्था बारे जानकारी लिने त आवश्यक सहयोग गर्ने बताइएको छ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता बिर्तामोडमा एकजनाको मृत्यु हुनुका साथै नयाँ भेरियन्टका सक्रिय संक्रमितको सँख्या २०३ पुगेको छ ।







