• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अक्सिजन सलिण्डिर घरमा नराख्न सरकारको आग्रह


  •    संवाददाता/ सोमबार, बैशाख २०, २०७८  

  • बैशाख २०, काठमाडौं । सरकारले अक्सिजन घरमा नराख्न अनुरोध गरेको छ । जगेडाका रुपमा घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकसँग आग्रह गरेको हो ।

    केहीदिनमै अक्सिजन सिलिण्डर उपलब्ध हुने भन्दै अहिले जगेडाका रुपमा राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन मन्त्रालयले आग्रह गरेको छ ।

    Advertisement

    “तपाईंले घरमा जगेडाको रूपमा राखेको अक्सिजन सिलिण्डरले आज कसैको ज्यान जोगाउन सक्छ, त्यसैले अनावश्यक रुपमा अक्सिजन सिलिण्डरको भण्डार नगरौं,” मन्त्रालयले भनेको छ, “सरकारले अक्सिजनको अभाव हुन नदिन आवश्यक प्रबन्ध गरिसकेको छ । अभाव नहुने गरी थप सिलिण्डरको व्यवस्था गरिसकेको छ ।”

    Advertisement

    आवश्यक सिलिण्डरहरु केही दिन भित्रै आइपुग्ने भएकोले अहिले हाहाकार गरेर समस्यामा थप ‘समस्या’ नथन्न मन्त्रालयको आग्रह छ ।

    “पैसाको नोक्सान गर्दै ठूलो दुर्घटना निम्त्याउन सक्ने यस खालका सिलिण्डरहरु घरमा नराखौं,” भन्दै मन्त्रालयले जिम्मेवार बन्न सबैसँग आग्रहसमेत गरेको छ ।

    सरकारले केहीदिन अगाडि अक्सिजनबाट चल्ने उद्योग तत्काल अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

    नेपालमा पर्याप्त मात्रामा अक्सिजन प्लान्ट भए पनि अक्सिजन सिलिण्डरको अभाव छ । त्यसैले सरकारले ५० हजार अक्सिजन सिलिण्डर आयात गर्ने र यसमध्ये २० हजार सिलिण्डर तत्काल फाष्ट ट्रयाकबाट खरिद गर्ने तयारी गरिरहेको छ ।

    सामान्य समयमा नेपालमा उत्पादित अक्सिजनको २० प्रतिशत मात्रै खपत हुने गरेको सरकारको दाबी छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.