• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युके भेरियन्टको संक्रमण बालबालिकामा बढी, खेलवाड नगरौं : विज्ञ


  •    संवाददाता/ शनिबार, बैशाख ०४, २०७८  

  • काठमाडौँ । जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगरे कोरोना संक्रमणको भयावह अवस्था आउन सक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. शेरबहादुर पुन दोस्रो चरणमा देखा परेको कोराना संक्रमण पहिलाको तुलनामा बढी सर्ने खालको रहेको बताउछन् ।

    यो युके, बेलायती भेरियन्ट भाइरसले साना बालबालिकालाई आक्रमण गरेकाले जनस्वास्थ्यका मापदण्ड पालना नगरी खेलवाड गरे गम्भीर समस्या आउने खतरा रहेको उनी बताउछन् । अहिले देखा परेको संक्रमणले बालबच्चालाई असर गरेको बताउँदै उनले बालबालिका हस्पिटल भर्ना हुनेको बृद्वि देखिएको बताए।

    Advertisement

    अहिले देखापरेको भाइरस उमेर सिफ्ट गरेको र फरक खालको भाइरस भएकाले पहिलाको तुलनामा बढी सावधानी हुनुपर्ने अवस्था रहेको जानकारी दिए ।अहिलको भारइरसबाट बालबच्चा जोगाउन गम्भिर भएर बेलैमा सोच्ने अवस्था आएको र यस्तै अवस्थामा भीडभाड राखेर पढ्न पढाउन लगायत अन्य गतिविधि यथावत राखे अवस्था जटिल आउने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ ।

    Advertisement

    विदेशबाट आउने मानिसलाई अनिवार्य कडाइका साथ क्वारेन्टाइनमा बस्ने व्यवस्थालगायत नेपाल भारतको खुला सिमानाबाट आउनेको हकमा पनि निगरानीका साथ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।आम मानिसले आफ्ना दैनिक गतिविधि गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरे मात्र जोगिने एक मात्र उपाय भएको उनी बताउछन् ।

    पछिल्लो स–साना बालकालिकालाई कोरोना संक्रमणको जोखिममा परेको बताउँदै विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगरे ठूलो संकट आउने बताउछिन्, जनस्वास्थ्यविद् डा. शरद वन्त । विद्यालयमा पढ्न र पढाउन सामाजिक दुरी कायम गरी मास्क अनिवार्य प्रयोग र जोर बिजोर अथवा सिप्mट गरेर पढाउन आवश्यक हुने उाको भनाइ छ ।

    कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको गतिविधिका कारणले कोरोना संक्रमणदर बढ्नुको प्रमुख कारण रहेको उनले बताइन् । अहिले कुनै ठाउँमा पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेको पाइएन अब खतराको अवस्था आएको डा। वन्त बताउछिन् ।

    जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा कोरोना संक्रमणको जोखिम बल्ल आएको बताइन् । नागरिकका पछिल्ला गतिविधिमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले नेपालमा कोरोनाको महामारी पुनः दोहोरिन सक्ने खतरा रहेको उनले चेतावनी दिइन् ।

    यस्तै, जनस्वास्थ्य मापदण्डमा लापरवाही गरे पहिलो चरणमा देखा परेको भन्दा बढी संख्या देखिने खतरा त्यतिकै रहेको उनी बताउछिन् । नेपालको खानपिन र हावापानी वातावरणले कोरोना लाग्दैन भन्ने केही मानिसमा भ्रम देखा परेको सुन्नमा आउँछ त्यस्तो भ्रम र खेलवाडमा नलाग्न उनको आग्रह छ ।

    पछिल्लो समय राजनीतिक गतिविधि लगायत अन्य औपचारिक वा अनौपचारिक रुपमा गरिएका कार्यक्रमका कारण संक्रमण बढ्न गएको उनको आंकलन छ । दोस्रो प्रकारको भाइरस पहिलाको भन्दा अलि असर गर्ने र छिटो फैलिने खालको रहेको सरुवा रोग विशेषज्ञ डा. वन्त बताउछिन् ।

    यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना सङ्क्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो । मन्त्रालयले ती जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लब, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि फेला परेको कुल सङ्क्रमितमध्ये ३० बर्षभन्दा कम उमेर समूहका सङ्क्रमित २९ प्रतिशत रहेकोमा अहिले ३५ प्रतिशत पुगेको छ । चैत १० गते सबभन्दा उच्च २० बर्षमुनिका ४० प्रतिशत र ३० बर्ष मुनिका ६० प्रतिशत पुगेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.