• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खुवालुङको निरीक्षणमा: मुख्यमन्त्री राई


  •    संवाददाता/ बुधबार, चैत १८, २०७७  

  • विराटनगर । सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको खुवालुङ पानी ढुङगा फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो ।

    स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए ।

    Advertisement

    मंगलबार खुवालुङको निरीक्षणमा पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने भत्काउने नभई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

    Advertisement

    ‘खुवालुङको विषयमा सरकारका कुनै तहमा औपचारिकरुपमा छलफल नभएको र यसलाई फुटाउने , तोड्ने कुरा कतै नभएको कुरा यहाँ राख्न चाहान्छु,’ खुवालुङ पुगेका किराँत समुदायका अगुवालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘‘हामीले यसको संरक्षण गर्नै पर्छ, हाम्रो प्रदेशको समृद्धिमा, देशको समृद्धिमा यसलाई जोड्नै पर्छ र यस ठाउँलाई धार्मिक सांस्कृतिक पर्यटनको केन्द्रको रुपमा विकास गर्नै पर्छ, अब त्यतातर्फ ध्यान जानुपर्छ, छलफल त्यहाँ पुग्नुपर्छ ।’

    धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरू अरुण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेतर्फ छलफल केन्द्रित हुनुपर्ने उनले बताए ।

    ‘धार्मिक हिसाबले सांस्कृति हिसाबले अन्य हाम्रा सम्पदाहरु कति छन् रु त्यस्ता महत्वपूर्ण धरोहरहरु के के छन् रु’ उनले अघि भने, ‘त्यसको खोजी कार्य गर्दै संरक्षण गर्ने र प्रबर्धन गर्ने दिशामा अघि बढ्नुपर्छ ।’

    प्रधानमन्त्रीले स्टिमर चलाउनका लागि ढुङ्गो भत्काउने बताएपछि किराँत समुदायले विरोध गरेको थियो । किराँत समुदायको विरोधपछि चर्चामा रहेको खुवालुङ हेर्न पर्यटकहरु त्रिवेणीसम्म पुग्ने गरेको छन् । दैनिक एक सय हाराहारी खुवालुङ हेर्नका लागि पर्यटकहरु आउने गरेको पर्यटन व्यवसायी राजेन्द्र कार्कीले बताए ।

    मंगलबार प्राविधिक टोलीसहित पुगेका मुख्यमन्त्री राईले जलयातायात सञ्चालनका लागि ढुङ्गाभन्दा पश्चिम पट्टीको भागमा रहेको अवरोधलाई हटाउने बताए । पूर्वतर्फ पनि सञ्चालन गर्न मिल्ने उनले बताए ।

    सरकारी तहमा ढुङ्गा फुटाउनका लागि औपचारिक छलफल नभएको बताउँदै उनले प्रारम्भिक अध्ययन गर्दा ढुङ्गाको विषय उठेको दाबी गरे । बाहिर चर्चामा आएजस्तो सरकारले भत्काउने योजना नबनाएको उनले बताए ।

    खुवालुङको संरक्षण गर्दै चतरादेखि किमाथाङ्का र दोलालघाटसम्म जल यातायात विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

    प्रदेश नं १ सरकारका प्राविधिक विज्ञ बिपुलराज पाण्डेले पहिलो चरणको सर्वेक्षणमा ढुङ्गा फुटाउने विषय नै नउठेको बताए । उनले खुवालुङ्को दायाँबाँया दुवै तर्फबाट सञ्चालन गर्न सकिने बताए ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.