• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी


  •    संवाददाता/ सोमबार, चैत १६, २०७७  

  • झापा । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५३ जना रहेको बताए ।

    उनले यही चैत २० गते १०औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने जानकारी दिए । ९ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको बताए ।

    Advertisement

    हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रदेश नं १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने बताए । उनले अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको जानकारी दिए ।

    Advertisement

    उनले यही चैत २० देखि चैत मसान्तसम्म जिल्लाभर हात्तीपाइले रोगको औषधि खुवाइने कार्यक्रम रहेको बताए । स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गरे ।

    हात्तीपाइले रोग निवारण जिल्ला समन्वय समितिका संयोजक तथा जिसस कार्यालय झापाका प्रमुख सोमनाथ पोर्तेलले कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसकारी र सञ्चार क्षेत्रबाट जनचेतनामूलक कार्यक्रम प्रवाह गर्न आग्रह गरे ।

    सबैलाई ‘औषधि एकपटक वरदान हो, नखाए सधैँको लागि अभिशाप हुन्छ’ भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय, कार्यालय, इँटाभट्टा तथा चियाबगान, सेना, सशस्त्र तथा प्रहरी क्याम्प, शहरबजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ ।

    हात्तीपाइले रोगको औषधि झापामा आज कार्यालयमा आइपुग्ने कार्ययोजना रहेको फोकल पर्सन चौलागाईँले जानकारी दिए । उनले औषधि आएपश्चात तत्काल स्थानीय तह र जिल्लाका स्वास्थ्य कार्यालयमा पुर्याइने बताए । उनका अनुसार जिल्लाका १५ वटै पालिकामा स्वास्थ्यकर्मी र स्वयंसेवकलाई तालिम दिने काम भइरहेको छ । उनले जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने बताए ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.