पछिल्लो २४ घण्टामा देशभर छिटपुटबाहेक पानी परेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा तथा बाँकी हिमाली र पहाडी भागका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । भोलि प्राय: सबैजसो भागमा मौसम सफा रहने छ ।
Advertisement
बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक-दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।







