• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता


  •    संवाददाता/ बुधबार, चैत ११, २०७७  

  • काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ ।

    जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए ।

    Advertisement

    उनका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो ।

    Advertisement

    तर अहिले प्रति मेट्रिक टन ८२ डलर ९करिब साढे ९ हजार रुपैयाँ० बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ । यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ५० लाख ४० हजार रुपैयाँ राज्यलाई भार थपिने जानकारहरु बताउँछन् ।

    कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्रमा जोशी बिज हाउस काठमाडौं र स्वीस सिंगापुर ओभरसिजले मल ल्याउने प्रस्ताव गरेका थिए । २३ पुस २०७७ मा कम्पनीले मलको लागत तोकेर बोलपत्र खुला गर्दा प्रति मेट्रिक टन स्वीस सिंगापुरले ३९५ र जोशीले ३९१ अमेरिकी डलरमा मल ल्याउन प्रस्ताव गरेका थिए ।

    लागत मूल्यांकन भन्दा ४ डलर बढीमा मल ल्याउन प्रस्ताव परेको र सोही बेला मलको अन्तर्राष्ट्रिय मूल्य अध्यधिक बढेका कारण दुईमध्ये कम बोल कबोल गरेको कम्पनीलाई ठेक्का दिए सरकारी ढुकुटी बच्ने भन्दै कृषि सामग्री कम्पनीले कृषि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

    तर त्यतिबेला मलको मूल्यबारे अध्ययन नै नगरी मन्त्रालयका कृषितर्फका सचिव डा। योगेन्द्रकुमार कार्कीले लागत बढी परेको कारण देखाएर पुनः नयाँ ठेक्का सुरुआत गर्न कृषि सामग्रीलाई निर्देशन दिएका थिए ।

    तालुक निकायको निर्देशनपछि कृषि सामाग्री कम्पनीले नयाँ ठेक्का प्रारम्भ ग¥यो । पछिल्लो पटक पनि जोशी बिज हाउसले नै ठेक्का पायो, तर पहिले भन्दा प्रति मेट्रिक टन ८२ डलर बढी पाउने गरी ।

    मन्त्रालय स्रोतका अनुसार मल खरिदमा कृषि मन्त्री पद्मा कुमारी अर्याल र कृषि सचिव डा योगेन्द्र कुमार कार्कीको प्रत्यक्ष संलग्नता छ । तर उनीहरुले अस्वीकार गर्दै आएका छन् ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.