• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्षयरोगका ४१ हजार बिरामी उपचारको पहुँच बाहिर


  •    संवाददाता/ बुधबार, चैत ११, २०७७  

  • काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै पालिका क्षयरोगमुक्त गरिने केन्द्रका निर्देशक डा अनुज भट्टचनले बताएका छन् । गएको वर्ष एक लाख ५५ हजार ३ सय ७१ मा परीक्षण गर्दा २७ हजार ७ सय ४५ क्षयरोगका बिरामी भेटिएका थिए । केन्द्रका अनुसार क्षयरोग पत्ता लगाएका अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् ।

    Advertisement

    हरेक वर्ष नेपालमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार अहिले नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९ सय ५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७ सय ६५ प्रयोगशाला र ७२ जिनएक्सपर्ट परीक्षण केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।

    Advertisement

    यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, ६ डीआर होस्टेल, एक वटा डीआर होम रहेका छन् । नेपालमा अहिले वार्षिक २२ सय औषधि प्रतिरोधी बिरामी थपिने गरेको केन्द्रका निर्देशक डा भट्टचनले बताए । अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन चुनौती रहेको उनले बताएका छन्।

    सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्न मासिक तीन हजार रुपैयाँ दिँदै आएको छ । यसैबीच, आज विश्वभर क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा क्षयरोगका नयाँ बिरामी हुने दर १ दशमलब ६ प्रतिशले बढिरहेको छ । यसले क्षयरोग नियन्त्रणमा थप चुनौती देखिएको छ ।

    उज्यालोबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.