रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको छ ।
बिहीबार साँझ पाँच बजेसम्मको तथ्यांकअनुसार ३५९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको हो ।
Advertisement
त्यस्तै ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २२, ग्रान्ड अस्पतालमा १, नर्भिकमा २, मनमैजु शुभम् अस्पतालमा २, वीर अस्पतालमा २, गिनसिटी अस्पतालमा १, मनमोहन अस्पतालमा २ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।







