• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तेस्रो दिन पनि बढ्यो सेयर बजार


  •    संवाददाता/ बिहिबार, चैत ०५, २०७७  

  • काठमाडौं । गएको सातासम्म लगातार ओरालो यात्रामा रहेको सेयर बजारले यो साता भने पुनः लय समातेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ ।

    साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५/०९ अंकमा बन्द भएको छ । गएको फागनु ९ गते २१४० अंकको ऐतिहासिक विन्दुमा पुगेको थियो । त्यसपछि घट्न सुरु भएको नेप्से यही साताको सोमबार २३८९.१९ अंकसमम झरेको थियो । त्यसपछि मंगलबार बुधबार र बिबीबार तीन दिन लगातार बढेको नेप्सेले पुनः २५०० अंकको विन्दुलाइ पछ्याएको छ ।

    Advertisement

    बजार परिसूचक बढ्न लागे पनि कारोबार रकम भने स्थिर नै देखिएको छ । अघिल्लो महिना दैनिक औसत ८ अर्बमाथिको कारोबार भएको बजारमा यो साता कारोबार रकम ३.४ अर्बमा मात्रै सीमित भएको छ । यद्यपि, हिजो बुधबारको तुलनामा भने कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब ३७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । ५७ हजार ७४२ पटकमा २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    Advertisement

    बजार परिसूचक उकालो लाग्दा व्यापारबाहेक सबै उपसूचक हरियाली भएका छन् । व्यापार उपसूचक १.०६ प्रतिशतले घटे पनि होटेल एन्ड टुरिजम उपसूचक सर्वाधिक ४.०१ प्रतिशतले बढेको छ । यस्तै, उत्पादन उपसूचक ३.०२ प्रतिशत, जीवन बिमा उपसूचक २.५५ प्रतिशत, लघुवित्त उपसूचक २.५२ प्रतिशत, अन्य उपसूचक २.१६ प्रतिशत, लगानी उपसूचक २.०६ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५ प्रतिशतले बढेको छ ।

    कबचदयततबm अझभलत
    नेप्सेमा हरियाली छाउँदा ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मार्दी हाइड्रोपावर, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यता, जोशी हाइड्रोको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ । यस्तै, आँखुखोला जलविद्युत् कम्पनीको मूल्य ६.३३ प्रतिशत, दिव्यश्वरी हाइड्रको सेयर मूल्य ५.३४ प्रतिशत, खानीखोला हाइड्रको सेयर मूल्य ५ प्रतिशत र रैराङ हाइड्रको सेयर मूल्य ४.५५ प्रशितले घटेको छ ।

    नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलँदा लगनीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बैंकको २२ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ७७ करोड २ लाख ९९ हजारको कारोबार भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रचर बैंकको २१ करोड ६६ लाख १५ हजार, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४४ लाख ९९ हजारको कारोबार भएको छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.