• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा पूर्व अध्यक्ष भट्टराईद्वारा व्यवसायी सदस्य राहत कोषमा २१ हजार सहयोग


  •    संवाददाता/ मङ्गलबार, पुष २९, २०८२  

  • बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी व्यवसायी समुदायको हित र एकताको सन्देशसँग जोड्दै संघको ‘व्यवसायी सदस्य राहत कोष’का लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    आपत्–विपद्, आकस्मिक दुर्घटना वा असहज परिस्थितिमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कोषलाई व्यवसायीहरूकै साझा सुरक्षा कवचका रूपमा विकास गर्ने लक्ष्य लिइएको संघले जनाएको छ ।

    Advertisement

    संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषलाई एक करोड रुपैयाँसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि व्यवसायीहरूको एकता र निरन्तर सहयोग अपरिहार्य रहेको बताए ।

    कोष वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै संघले पूर्व अध्यक्ष भट्टराईलाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ । व्यवसायी हितका सवालमा सधैं सक्रिय रहँदै आएका भट्टराईको यस योगदानलाई व्यवसायी समुदायले सकारात्मक उदाहरणका रूपमा लिएको छ ।

    विशिष्ट सदस्य निर्मल भट्टराईसहित विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.