झापाको बिर्तामोडमा शुक्रबारदेखि सुरु छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं.७ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं.७ ले वडा नं.६ लाई २-० गोल अन्तरले पराजित गर्यो । वडा नं.७ का फिरोज राईले टिमका लागि २ गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच वडा नं.७ का फिरोज राई भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
शनिबारको खेल वडा नं.३ र वडा नं.८ बीच हुने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले झापामा पहिलो पटक नगरस्तरीय खेलकुद समिति गठन गरेर बजेट विनियोजन गर्ने बिर्तामोड नगरपालिका भएको बताइन् ।
कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड वडा नं.७ का अध्यक्ष कृष्ण अविरल खरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ लगायतले धारणा राखेका थिए ।
समितिका सदस्य रमेश उप्रतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विसन लिम्बुले गरेका थिए ।







