अमेरिकाको रोड आइल्याण्ड राज्यमा रहेको ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।
गोली लागेर नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
यो घटना भवनको पहिलो तल्लामा रहेको कक्षा-कोठामा भएको थियो र सबै पीडितहरू विद्यार्थी रहेका छन् । ब्राउन विश्वविद्यालय आसपासको क्षेत्र सिल गरिएको छ । गोली चलाउने व्यक्ति पैदलै भागेका र उनको खोजी भैरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
Advertisement







