झापाको बिर्तामोडमा रहेको एक हस्पिटलले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय पुर्ननिर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
स्पाइन-एक्स सुपर स्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले प्रहरी भवन पुर्ननिर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
हस्पिटलका अध्यक्ष डा.प्रेमबहादुर शाही, मेनेजिङ डाइरेक्टर किशोर भुजेलले उक्त सहयोग रकम प्रहरी कार्यालय पुर्ननिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँई, रमेश चौधरीलगायतलाई हस्तान्तरण गरेका हुन् ।
Advertisement
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको थियो ।







