• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बेसार औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम


  •    डा.विसुनदयाल पटेल/ आइतबार, साउन १९, २०८२  

  • दक्षिण एसियाली देशहरूको भान्सामा प्रयोग हुने एक मसला हो-बेसार । यसको प्रयोग र फाइदाका विषयमा विभिन्न माध्यममा धेरै चर्चा हुने गरेको पाइन्छ । छातीमा जलन, अपच, मधुमेह, डिप्रेसन, अल्जाइमर जस्ता रोगको निदानमा बेसारले सहयोग गर्छ भन्ने दावी गरेको पाइन्छ । केही रिपोर्टमा त क्यान्सरको उपचारमा समेत यसको सम्भावित भूमिका उल्लेख गरिएको छ ।

    बेसार सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ, विशेषत: छालासम्बन्धी समस्याहरूको उपचारमा यसको प्रयोग गरिन्छ ।

    Advertisement

    बेसारका फाइदाहरू : वैज्ञानिक आधार

    Advertisement

    बेसार जमिनमुनि फल्ने एक प्रकारकोमसला हो, जसको खेती विश्वका धेरै क्षेत्रमा गरिन्छ । यसमा करक्युमिन नामक यौगिक हुन्छ, जुन बेसारको चम्किलो पहेंलो रङ र औषधीय गुणका लागि जिम्मेवार हुन्छ । करक्युमिनमा एन्टी-इन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् । यी गुणहरूका कारण बेसारलाई परम्परागत र आधुनिक चिकित्सामा विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।

    वैज्ञानिक अनुसन्धानहरू

    करक्युमिनले विभिन्न प्रकारका क्यान्सरहरूको वृद्धिलाई रोक्न सक्छ भन्ने कुरा मुसाहरूमा गरिएको अध्ययनहरूले देखाएको छ । जर्नल अफ अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चमा प्रकाशित एक अध्ययनमा करक्युमिनले कोलोरेक्टल, स्तन र फोक्सोको क्यान्सरका कोशिकाहरूको वृद्धिलाई कम गर्न सक्ने देखाएको छ । यद्यपि यी अध्ययनहरू मुख्य रूपमा जनावरहरूमा गरिएका छन् र मानवमा यस्तो प्रभाव पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।

    कलेजोको रोगमा प्रभाव

    बेसारमा पाइने करक्युमिनले प्राइमरी स्क्लेरोसिङ सिरोसिस र प्राइमरी बिलियरी सिरोसिस जस्ता कलेजोका रोगहरूमा सुधार ल्याउन सक्छ । अस्ट्रियाको ग्राजस्थित चिकित्सा विश्वविद्यालयका माइकल टर्नरको नेतृत्वमा भएको यो अध्ययनले करक्युमिनको एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूले कलेजो सुनिन्ने समस्या र क्षतिलाई कम गर्न मद्दत गर्ने देखाएको छ । यी रोगहरूले कलेजोलाई गम्भीर क्षति पुर्‍याउन सक्छन्, जसले घातक सिरोसिस निम्त्याउन सक्छ ।

    पाचनमा प्रभाव

    बेसारले पाचन प्रक्रियालाई सहज बनाउँछ र प्रदूषणका कारण शरीरमा उत्पन्न हुने हानिकारक प्रभावहरूसँग लड्न मद्दत गर्छ । जर्नल अफ क्लिनिकल बायोकैमिस्ट्री एंड न्यूट्रिसनमा प्रकाशित एक अध्ययनले करक्युमिनले पेट सुन्निएको र अपचलाई कम गर्न सक्ने देखाएको छ । साथै यसले आन्द्राको स्वस्थ माइक्रोबायोमलाई सहायता गर्छ ।

    छालासँग सम्बन्धित फाइदाहरू

    बेसारको एन्टिब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुणहरूले छालाको संक्रमण, डण्डीफोरलाई कम गर्न मद्दत गर्छ । फाइटोथेरापी रिर्सचमा प्रकाशित एक अध्ययन अनुसार बेसारको प्रयोगले छालाको घाउ निको पार्ने प्रक्रियालाई तीव्र बनाउन सक्ने देखाएको छ । यही कारण बेसार धेरै सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ ।

    बेसारको प्रयोग

    खानामा प्रयोग

    सामान्यतया खानामा बेसारको प्रयोग रङ र स्वादका बढाउन प्रयोग गरिन्छ । विश्व स्वास्थ्य संगठनले व्यक्तिको तौलअनुसार प्रतिकिलो ग्राम ०.१-३ मिलीग्राम बेसार शरीरका लागि सुरक्षित मानेको छ । उदाहरणका लागि ५० किलोग्राम तौल भएको व्यक्तिले दैनिक ०.५-१.५ ग्राम बेसार प्रयोग गर्न सक्छ ।

    ट्याबलेट वा पूरक

    विश्वका कतिपय देशहरूमा बेसारको ट्याबलेट वा पूरक को रूपमा पनि प्रयोग गरिन्छ, विशेष गरी जहाँ खानामा बेसारको नियमित प्रयोग हुँदैन । यस्ता पूरकहरूमा करक्युमिनको मात्रा उच्च हुन्छ, जसले फाइदाहरूलाई बढाउन सक्छ ।

    बेसारका सम्भावित हानि

    सामान्य मात्रामा र परम्परागत रूपमा बेसारको प्रयोग सुरक्षित मानिन्छ । तर, अत्यधिक मात्रामा वा अनुचित प्रयोगले केही स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

    पाचन सम्बन्धी समस्या

    अत्यधिक बेसारको सेवनले पेटमा गडबडी, वाकवाकी, बान्ता, एसिड रिफ्लक्स, पखाला वा कब्जियत जस्ता समस्याहरू निम्त्याउन सक्छ । जर्नल अफ क्लिनिकल गैस्ट्रोएन्टरोलोजीमा प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा करक्युमिनको सेवनले पेट सुन्निने समस्या र अल्सरको जोखिम बढाउन सक्ने देखाएको छ ।

    रगत पातलो हुने

    करक्युमिनमा रगत पातलो बनाउने गुण हुन्छ, जसले रक्तस्रावको जोखिम बढाउन सक्छ । प्लेटलेट्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार करक्युमिनले प्लेटलेट्सको कार्यलाई प्रभावित गर्न सक्छ, जसले रगत बग्ने समयलाई लम्ब्याउन सक्छ । तसर्थ, एस्पिरिन, वार्फारिन वा अन्य रगत पातलो गर्ने औषधि खाने व्यक्तिहरूलाई बेसारको अत्यधिक प्रयोग नगर्न सुझाव दिइन्छ ।

    कलेजो र मिर्गौलामा प्रभाव

    बेसारले कलेजोको स्वास्थ्यमा फाइदा पुर्‍याउन सक्छ, तर अत्यधिक मात्रामा लामो समयसम्म प्रयोग गर्दा कलेजोमा तनाव उत्पन्न हुन सक्छ । टक्सीकोलोजी रिपोर्टमा प्रकाशित एक अध्ययनले उच्च डोजको करक्युमिन पूरकले कलेजोको एन्जाइम स्तरमा परिवर्तन ल्याउन सक्ने देखाएको छ । साथै मिर्गौलामा पत्थरीको जोखिम भएका व्यक्तिहरूले बेसारको अत्यधिक प्रयोगबाट बच्नुपर्छ । किनकि, यसमा अक्सलेट हुन्छ, जसले पत्थरीको जोखिम बढाउन सक्छ ।

    एलर्जी र व्यक्तिगत संवेदनशीलता

    केही व्यक्तिहरूलाई बेसार वा करक्युमिनबाट एलर्जी हुन सक्छ, जसले छालामार्‍याश, चिलाउने वा श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ । यस्ता लक्षणहरू दुर्लभ भए पनि व्यक्तिगत संवेदनशीलताको आधारमा देखिन सक्छ ।

    औषधिसँग ‘रियाक्सन’

    बेसारले केही औषधिहरूसँग ‘रियाक्सन’ गर्न सक्छ । उदाहरणका लागि, मधुमेहको औषधि जस्तै मेटफर्मिनसँग लिँदा रगतमा चिनीको मात्रा अत्यधिक कम हुन सक्छ । ड्रग मेटाबोलिज्म एण्ड डिसपोजिसनमा प्रकाशित एक अध्ययनले करक्युमिनले लिवरमा औषधिको मेटाबोलिज्मलाई प्रभावित गर्न सक्ने देखाएको छ, जसले औषधिको प्रभावकारितालाई परिवर्तन गर्न सक्छ ।

    ध्यान दिनुपर्ने कुरा

    उचित मात्रा : सामान्य खानामा बेसारको प्रयोग १-२ चम्चा वा १-३ ग्राम दैनिक सुरक्षित मानिन्छ । पूरक वा ट्याबलेटको रूपमा प्रयोग गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

    विशेष अवस्थाहरू : गर्भवती महिला, रगत पातलो गर्ने औषधि खाने व्यक्तिहरू वा कलेजो-मिर्गौलासम्बन्धी रोग भएकाहरूले बेसारको अत्यधिक प्रयोग गर्नुहुँदैन ।

    सन्तुलित प्रयोग : बेसारलाई कालो मरिचसँग मिसाएर खाँदा करक्युमिनको अवशोषण बढ्छ, तर यो पनि सीमित मात्रामा गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    मनसुनको समयमा कस्तो खानेकुरा खाने ?
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.