• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआली खानेपानी चुनाव: उम्मेदवारहरु घरदैलोमा व्यस्त


  •    संवाददाता/ बिहिबार, कार्तिक २९, २०८१  

  • चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् ।

    संस्थाको आगामी मंसिर १ गते नयाँ कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा छुट्टा-छुट्टै तीन वटा समूह बनाएर उम्मेदवारहरु उपभोक्ताको घर-घरमा पुगेर चुनावी अभियानमा होमिएका हुन् ।

    Advertisement

    नेपाली काँग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्षमा बालकुमार विष्ट, उपाध्यक्षमा दिपा आचार्य पौडेल, सचिवमा राजेन्द्रप्रसाद रिजाल र कोषाध्यक्षमा यामकान्त पौडेल उम्मेदवार बनेका छन् ।

    Advertisement

    त्यस्तै सदस्यमा लक्ष्मी घिमिरे, रम्बा राजवंशी, धनमाया बस्नेत (नम्रता), शान्ता नेम्बाङ र सुकुमार मेचे रहेका छन् भने लेखा समितिको संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा हरिप्रसाद रिमाल र जमुनादेवी खरेल ओली उम्मेदवार छन् ।

    यता नेकपा एमालेको प्रगतिशील समूहले अध्यक्षमा सन्तोषकुमार मेचे, उपाध्यक्षमा पुष्पा गौतम खनाल, सचिवमा दामोदर घिमिरे र कोषाध्यक्षमा प्रकाश बराल उम्मेदवार छन् ।

    यसैगरी सदस्यहरुमा राजेन्द्र कार्की, भागिरथा खतिवडा, हरिप्रसाद घिमिरे, लिलादेवी कार्की र कुमारप्रसाद भण्डारी उम्मेदवार छन् भने लेखा समिति संयोजक पदमा रेवतकुमार दाहाल तथा सदस्यहरुमा श्रीप्रसाद थापा र विमला मिश्र विष्ट उम्मेदवार रहेका छन् ।

    यसैगरी साझा उम्मेदवार समुहको तर्फबाट अध्यक्षमा राजन चिमरिया, उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे ‘बादल’ रहेका छन् ।

    त्यस्तै सदस्य पदका उम्मेदवारहरु डिल्लीराम अधिकारी, चन्द्रकला तबेबुगं, पुरुषोत्तम सिग्देल, अञ्जु फेवदिन, तेजबहादुर लिम्बु तथा लेखा समिति संयोजक पदका उम्मेदवार अर्जुन खनाल, सदस्य रुदप्रसाद रिजाल र रीतादेवी रिजाल न्यौपानेसहितका उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् ।

    यसअघिका कार्यकालमा कार्यसमिति सर्वसहमत गठन हुँदा आए तापनि नेतृत्व गर्ने बीचमा आवश्यक समन्वय नहुँदा यो पल्ट भने निर्वाचन हुने भएको हो ।

    आम नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने भएकाले राजनीतिक दल सम्बद्ध कार्यकर्ताको भेलाले सबै राजनीति दलबाट सहमतीय माध्यमबाट साझा उमेद्वारको रुपमा नेतृत्व प्रदान गर्ने भनी समन्वय पनि गरेका थिए । तर अन्तिम आएर नेतृत्व गर्ने विषयमा तालमेल नहुँदा चुनावमार्फत नयँ नेतृत्व चयन हुने भएको छ ।

    मेचीनगर नगरपालिका वडा नंं ११, १२, १३ र १४ का दुई हजार ६ सय ९५ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.