झापा। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सन्चालीत बक्तृत्वकला प्रतियोगीतामा झापाकी आयुष्मा सोडारी द्वतिय र रन्जना बस्नेत तृतिय हुनुभएको छ ।
“लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भ’मिका” विषयमा आदर्श नारी विकास केन्द्र र आर्दश गृह नेपाल काठमाडौले संय’क्त रुपमा आयोजना गरेको राष्ट्रिय बक्तृत्वकला प्रतियोगीतामा कमल गाउँपालिका वडा नम्वर ४ स्थित सरस्वती माध्यमिक बिद्यालय कक्षा ९ मा अध्यायनरत छात्रा आयुष्मा द्वतिय हुनुभएको छ भने झापाकै कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा रन्जनाले सान्त्वना पुरष्कार प्राप्त गर्नुभएको हो।
प्रतियोगितामा नेपाल सरकारको उत्कृष्ठ सुचिमा रहेका ७ वटै प्रदेशका करिब ४० वटा विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्यायनरत विध्यार्थि मध्ये उकृष्ट विध्यार्थिलाई सहभागीताकोलागी निमन्त्रणा गरेपनि प्रविधिक समस्याका कारण २२ जना विध्यार्थि मात्र सहभागी रहन भएको र सहभागी विध्यार्थिले जुमको माध्यम बाट आ आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको आयोजकले जनाएको छ ।
सहभागी विध्यार्थि मध्ये तनहुँस्थित सत्यज्योती माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्र गौरव साकोटा प्रथम , चितवन स्थित नारायणी नमुना माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा शुभेक्षा लामा द्वतिय हुनुभएको आदर्श नारी विकास केन्द्रकी अधिकृत तथा कार्यक्रम संयोजक सरिता पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम द्वतिय,तृतिय र सान्त्वना हुने विध्यार्थि लाई क्रमस प्रथम १० हजार, ७ हजार , ५ हजार र ३ हजार नगद बाट पुरष्कृत गरिएको छ ।







