सर्पले डसेर झापाको बाह्रदशी-५ घोडामाराकी एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ६:३० बजे बाह्रदशी-५ घोडामारा बस्ने प्रकाश न्यौपानेकी श्रीमती अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिने पट्टीको खुट्टामा सर्पले डसेको थियो ।
तत्काल नाम नखुलेको बिषालु सर्पले टोकी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा राति ८:५ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।
Advertisement







