झापा बिर्तामोड-९ मा अवस्थित दुर्गा माध्यमिक विद्यालयले अभिभावकहरुको उपस्थितिमा सामाजिक परिक्षणको सार्वजनिक सुनुवाइ कार्यक्रम सप्पन्न गरेको छ ।
दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.७ का वडाध्यक्ष अबिरल कृष्ण खरेलको प्रमुख आथित्यता रहेको थियो ।
उक्त भेलामा विद्यालयका सल्लाहकार समिति संयोजक महेन्द्रकुमार प्रसाईं, व्यवस्थापन समितिका पूर्व सदस्य प्रेमप्रसाद तिम्सिना, अग्रज देवि पाण्डे, सहदेव थपलिया समेतको आथित्यता रहेको थियो ।
Advertisement
अभिभावक संघका अध्यक्ष गोबिन्दप्रसाद सुवेदी तथा शिक्षक भिम आचार्यले सामाजिक लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटिले औचित्य माथी प्रकाश पारेका थिए ।







