• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शाखास्तरीय अन्तर जेसीज हाजिरीजवाफ प्रतियोगितामा चारआली प्रथम


  •    संवाददाता/ आइतबार, भदौ २३, २०८१  

  • बाहुण्डाँगी जेसीजले आयोजना गरेको शाखास्तरीय अन्तर जेसीज हाजिरीजवाफ प्रतियोगिताको उपाधि चारआली जेसीजले जितेको छ ।

    १४ औँ स्थापना दिवसको अवसर पारेर बाहुण्डाँगी जेसीजले शनिबार मेचीनगर-४ स्थित बाहुण्डाँगी सामुदायिक भवनमा सम्पन्न हाजिरीजवाफको विजेता चारआली जेसीजले नगद पाँच हजारसहित प्रमाण-पत्र र मेडल प्राप्त गरेको हो ।

    Advertisement

    त्यसैगरी प्रतियोगितामा सुरुङ्गा जेसीजले दोस्रो स्थान, भद्रपुर जेसीज तेस्रो तथा धुलाबारी जेसीज चौथो भएका छन् । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः नगद तीन, दुई र एक हजारसहित ट्रफी तथा मेडल प्राप्त गरेका छन् ।

    Advertisement

    जेसीजका ८ शाखा सहभागी हाजिरीजवाफ प्रतियोगिताको सञ्चालन धुलाबारी जेसीजका पूर्व अध्यक्ष केशव पोखरेलले गरेका थिए ।

    विजेता उपविजेतालाई बाहुण्डाँगी जेसीजका लागि निरुपित उपाध्यक्ष बहादुर तामाङ, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, वर्ष २०२४ एरिया ‘ए’ का तालिम संयोजक प्रदिप विष्ट, मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष शोभा श्रेष्ठ नेम्बाङ, बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ, पूर्व अध्यक्षहरु बद्री निरौला, पुष्कर ढकाल, कञ्चन उप्रेती, बोर्ड प्रमुख सल्लाहकार समिर राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

    बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रममा मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल जेसीज वर्ष १९९५ का राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेट्वाल, वर्ष २०१७ राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी, वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, निरुपित उपाध्यक्ष जेसी बहादुर तामाङ, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी रिता न्यौपाने, बाहुण्डाँगी जेसीज वर्ष २०१३ का अध्यक्ष जेसी बद्री निरौला, धुलाबारी जेसीजका पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारी, मातृ शाखा धुलाबारी जेसीजका अध्यक्ष जेसी मञ्जिल रसाइलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रम संयोजक नित्यानन्द चम्लागाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष सुष्मा मिश्रले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.