नेपाल-भारत सीमाको दशगजा क्षेत्र झापाको कचनकवल गाउँपालिक-१ घेराबारीमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीन्दाले रोकेका छन् ।
गएरातिदेखि भारतीय नागरिकले बाटो खन्दै गरेको अवस्थामा उनीहरुलाई अवरोध गरिएको कचनकवल-१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए ।
उनका अनुसार भारतीय नागरिकले रातमा बाटो खन्ने गरेको भेटिएको छ । एक सय ५० मिटर बाटो खनिसकेको अवस्था रहेको उनले बताए । खनिएको बाटो पुर्ने प्रयास गरे पनि भारतीय नागरिकले नदिएको उनको भनाइ छ ।
Advertisement
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए । उनका अनुसार विवाद बढेपछि काम बन्द गरेर छलफल थालिएको छ ।







