झापाको बिर्तामोडका पाँचजना अशक्तलाई ह्वीलचियर वितरण गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.९ का विभिन्न टोलमा बसोबास गर्ने चारजना जन्मजात र एकजना जेष्ठ अशक्तलाई घर-घरमै पुगेर नि:शुल्क ह्वीलचियर वितरण गरिएको हो ।
लायन्स क्लब अफ बिर्तामोड सिटीका कोषाध्यक्ष राजकुमार साह र झापाली समाज यूएईका आजीबन सदस्य मिना शर्माका छोरा सुरज शर्माको जन्मदिनको अवसर पारेर ह्वीलचियर वितरण गरिएको जनाइएको छ ।
Advertisement
योगदान राष्ट्रका लागि झापाका अध्यक्ष प्रदिपकुमार संग्रौलाले संयोजन गरेको ह्वीलचियर वितरण कार्यक्रममा दाताहरु, बिर्तामोड-९ का वडा सदस्य संगिता शिवा, टोल विकास संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।







