झापाका भिन्नाभिन्नै स्थानमा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ ।
चट्याङले लागेर मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ बर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ बर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट खेततर्फ जाने क्रममा अचनाक परेको चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
Advertisement
त्यस्तै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा धानको विउ उमार्ने क्रममा विकास गरीलाई विहान चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता चन्दको भनाई छ ।







