• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साहित्यकार दाहाल, कृषक खतिवडा र असल गृहिणी बराललाई लाल–भागिरथा पुरस्कार


  •    संवाददाता/ शुक्रबार, मङि्सर ०५, २०७७  

  • झापा । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

    झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले साहित्यतर्फ विशिष्ट योगदान पुर्याउनु भएको कनकाई –३ निवासी साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिमा समर्पित मेचीनगर –१४ का कृषक डिल्ली खतिवडा र असल गृहिणी अर्जुनधाराकी यशोदा बराललाई पुरस्कृत गर्ने भएको हो ।

    Advertisement

    साहित्यकार दाहाललाई ‘लाल भागिरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’, अग्र्यानिक कृषक खतिवडालाई ‘लाल भागिरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र असल गृहिणी बराललाई ‘लाल भागिरथा बानियाँ असल गृहिणी पुरस्कार’ दिने पुरस्कार छनोट समितिले निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

    Advertisement

    तीन वटै पुरस्कारको नगदराशी जनही रु. ३१ हजार रहेको छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ, यसअघि पुरस्कृत प्रतिभा तथा मेची बहुमुखी क्याम्पस भद्रपुरका निवर्तमान क्याम्पस प्रमुख कमल गुरागाई र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी रहनु भएको छ ।

    साहित्यकार दाहालले महाकाब्यलगायतका दर्जनौ कृति प्रकाशित गरिसक्नु भएको छ भने कृषक खतिवडाले अग्र्यानिक कृषि विज्ञानका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनु भएको छ ।

    असल गृहिणी बरालले आफ्ना सन्तानलाई असल संस्कार र शिक्षा दिएर सुखी र समृद्ध परिवार निर्माणमा उदाहरणीय योगदान पुर्याउनु भएको छ ।
    यही मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय धाइजनमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिने अध्यक्ष बानियाँले बताउनुभयो ।

    प्रतिष्ठानले गतवर्षदेखि स्थानीय प्रतिभाहरुको खोजी गरी पुरस्कृत गर्दै आएको छ । गत वर्ष सामाजिक सेवातर्फ मेची बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख कमल गुरागाई, कृषि विज्ञानतर्फ भद्रपुर नगरपालिका वडा नं. १० का भीम कुँवर र असल गृहिणीतर्फ मेचीनगर नगरपालिका वडा नं. १० की नीतु सुबेदीलाई पुरस्कृत गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.