झापाको बिर्तामोडस्थित मुख्यचोकमा छोटा हात्तीले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ ।
आज बिहान ९:३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको छोटा हात्तीले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।
भेनको ठक्करबाट सख्त घाइते भएकी मोरङ रतुवामाई-८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
ठक्कर दिने मे.१ च ६६१३ नम्बरको छोटा हात्ती र चालक बिर्तामोड-१ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







