झापाको मेचीनगर नगरपालिका वडा नं.१२ माथिल्लो धाइजनमामा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा स्कुटी चालक झापा बुद्धशान्ति गाउँपालिका वडा नं.५ बस्ने वर्ष अन्दाजी २५ का लिलाप्रसाद ढुंगेल र सोहि स्कुटीमा पछाडि सवार इलाम रोङ गाउँपालिका वडा नं.५ बहुवन बस्ने अन्दाजी वर्ष २९ का चेतन रिजाल रहेका छन् ।
गएराति १०:४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ माथिल्लो धाजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्वरको स्कुटीले हाईवेको बाँया साईडमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका दुवैलाई बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउनसाथ राति ११ बजे चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए । स्कुटी र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







