• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरमा गर्भवतीलाई मह र घीऊ


  •    संवाददाता/ बुधबार, जेठ ०९, २०८१  

  • गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ ।

    ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रम अन्तरगत सो पालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ । गर्भवतीलाई आवश्यक पर्ने पौष्टिक आहारसँगै मह र घीउसमेत प्रदान गर्ने गरिएको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले जानकारी दिइन् ।

    Advertisement

    “यो सेवा लिन गर्भवतीले सामुदायिक अस्पतालमा कम्तीमा दुई पटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ”, उपप्रमुख कार्कीले भन्नि “गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

    Advertisement

    नगरले सञ्चालन गरेको यो कार्यक्रम अन्तरगत अहिले नगर क्षेत्रका नौ सय गर्भवतीले अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै सेवा लिएको उपप्रमुख कार्कीले बताइन् । “स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेलाई नगद रु दुई हजारसमेत दिने गरेका र्छौं ” उनले भन्नि ।

    भद्रपुर नगरपालिकाले आमासँग नगर उपप्रमुख कार्यक्रमका लागि रु २० लाख बजेट व्यवस्थापन गरेको छ । सोही रकमबाट गर्भवतीलाई मह र घीउ प्रदान गर्ने गरिएको छ । नगरले परिवार कल्याण कार्यक्रम अन्तरगत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, नवजात शिशुको नि:शुल्क उपचार लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको छ । मातृ तथा नव शिशु कार्यक्रम सञ्चालन गर्न रु १५ लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

    भद्रपुरमा दुई लाखभन्दा बढीले स्वास्थ्य सेवा लिए

    भद्रपुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २५ हजार सात सय ८३ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिलाको सङ्ख्या धेरै छ ।

    भद्रपुर नगरपालिकाका अधिकृत तथा सूचना अधिकारी नेत्रप्रसाद पोखरेलका अनुसार एक लाख १९ हजार ६ सय ४५ महिला तथा एक लाख ६ हजार एक सय ३८ पुरुषले सेवा लिएका छन् ।

    भद्रपुरमा रहेका स्वास्थ्य संस्थामा सेवा लिनेमध्ये नौ वर्ष मुनिका १० हजार दुई सय ८७ जना छन् भने एघार हजार एक सय २५ बालकले सेवा लिएका छन् । यस्तै १० देखि १४ वर्ष उमेरका पाँच हजार एक सय ५३ जना तथा पाँच हजार आठ सय ९० जनाले सेवा लिएका छन् ।

    त्यस्तै १५ देखि १९ वर्ष उमेर समूहका ६ हजार एक सय ७६ किशोरीले सेवा लिँदा पाँच हजार पाँच सय ८८ किशोरले भद्रपुरमा रहेका विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् ।

    यसैगरी २० देखि ५९ वर्ष उमेर समूहका ७१ हजार पाँच सय ४७ महिलाले स्वास्थ्य सेवा लिएका छन् । उक्त सेवा लिने पुरुष ५६ हजार एक सय ७७ रहेका छन् ।

    यस्तै ६० देखि ६९ वर्ष उमेर समूहका १४ हजार ६ सय ८१ महिलाले स्वास्थ्य सेवा लिँदा १३ हजार नौ सय चार पुरुषले भद्रपुरका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.