• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरलाई लागूऔषधमुक्त बनाउन रचनात्मक कार्यलाई तीब्रता


  •    संवाददाता/ सोमबार, जेठ ०७, २०८१  

  • नगरलाई लागूऔषधमुक्त बनाउन जुटेको मेचीनगर नगरपालिकाले पछिल्लो समय विविध रचनात्मक कार्यलाई तीब्रता दिएको छ ।

    मेचीनगरलाई निकट भविष्यमा लागूऔषध प्रयोगमुक्त नगरपालिका बनाउने उद्धेश्यका साथ ‘प्रारम्भिक प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरिसकेको छ भने अन्य थुप्रै वडास्तरीय साना कार्यक्रमसमेत सम्पन्न भएका छन् ।

    Advertisement

    झापामा खुला सीमाका कारण प्रहरी प्रशासनलाई छलेर लागूऔषध सहजै रुपमा भित्रिने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरिएको पाइन्छ । सम्बन्धित निकाय र स्थानीय तहहरुले यो समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा मेचीनगर नगरपालिकाले सक्रियता देखाएको छ ।

    Advertisement

    लागूऔषध दुव्र्यसनी राष्ट्रको ठुलो समस्या भएको र त्यसको अन्त्य पूर्वी नाकाबाटै गर्नेगरी मेचीनगर नगरपालिका र नार्कोनन् नेपाल संस्थाको संयुक्त पहलमा केही दिनअघि कार्यक्रम आयोजना गरिएको थियो । लागूपदार्थको दुव्र्यसनी भएपछि चोरी, डकैती, हत्याजस्ता आपराधिक क्रियाकलाप मात्र नभएर साना, मध्यम वर्गीयदेखि विश्वमा ठुल्ठुला राजा महाराजाका घरसमेत सकिएको भन्दैं यस्तो कुलतमा जानेर वा नजानेर फसेका युवाहरुलाई बाहिर निकालेर सहजरुपमा जीवनयापन गराउन स्थानीय सरकार लागिपरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । ‘लागूऔषधको समस्या एउटा पालिकाको मात्र होईन’ नगरप्रमुख बुढाथोकीले भने ,‘घरपरिवार, समाज अनि राष्ट्रकै समस्या हो र यसले सबै क्षेत्र तहसनहस पार्छ ।’

    युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि सक्रियता अगाडि नबढाए यसले डरलाग्दो अवस्थामा पु¥याउने मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउने काम गर्दै आएको उनले बताइन् ।

    यसै क्रममा जेठ २ देखि ६ गतेसम्म नगरपालिकाले लागूपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लागूऔषध तथा सुर्तीजन्य पदार्थले समाजमा पारिरहेको असर न्यूनीकरण गर्नका लागि नगरका प्रत्येक वडाबाट २/२ जना सहभागीलाई प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक सोमराज ढकालले जानकारी दिए ।

    उक्त कार्यक्रममा लागूऔषध तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सामाजिक परिचालनका विधि र प्रक्रियाहरुका विषयमा प्रशिक्षक गोविन्द न्यौपाने तथा लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुन:स्थापनाका विषयमा प्रशिक्षक राजु बुढाथोकीले जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.