प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार ४०० रुपैयाँ संकलन भएको छ ।
वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरेको जानकारी दिए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
Advertisement
गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएको समितिले जनाएको छ ।







