झापाको अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-२ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ४:५० बजे घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो । घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ६:२० बजेमा मृत्यु भएको हो ।
Advertisement
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







