• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने सरकारको तयारी


  •    संवाददाता/ शनिबार, कार्तिक २९, २०७७  

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ ।

    होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको व्यवस्थापन गर्न प्रत्येक स्थानीय तहमा कोभिड–१९ सहजीकरण समूह बनाउने नीति मन्त्रालयले लिएको हो ।

    Advertisement

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको भन्दै उपत्यका मेयर फोरमले पुनः कडा निषेधाज्ञा गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।

    Advertisement

    उपत्यकामा मात्र ९० हजारमाथि व्यक्तिमा संक्रमण देखिइसकेको छ भने सक्रिय संक्रमितको संख्यासमेत २० हजारमाथि रहेको छ ।

    मन्त्रालयले यसअघि नै उपत्यकामा स्वास्थ्य संकटकाल घोषणा गर्ने मस्यौदा तयारसमेत पारेको थियो । तर, त्यो मस्यौदा कार्यान्वयनमा भने गएको छैन । यसैबीच, मन्त्रालयले संक्रमितलाई व्यवस्थापन गर्न स्थानीय सरकारलाई परिचालन गराउने निर्णय गरेको छ ।

    मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकाका पालिकाहरुमा समूह गठन गरिने जनाएको छ । हरेक टोलमा एउटा समूह गठन गरिने र त्यो समूहले ५० घर–परिवारलाई निरीक्षण गर्नुपर्नेछ ।

    मन्त्रालयले यसअघि पनि होम आइसोलेसनमा बसेका व्यक्तिहरुको निगरानीको जिम्मा स्थानीय सरकारलाई नै दिएको थियो । तर, स्थानीय सरकारले बेवास्ता गर्दा होम आइसोलेसनमा बसिरहेका व्यक्तिहरुले निकै सास्ती खेप्दै आउनुपरिरहेको छ ।

    मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारी टोल, समुदायलाई सहभागी गराउनुपर्ने र अब त कोरोना संक्रमण कहाँबाट सर्‍योभन्दा पनि कसलाई बचाउने भन्नेतिर सोच्नुपर्ने बताउनुहुन्छ ।

    समूहहरुले क्वारेन्टिन, आइसोलेसन चाहिले व्यक्तिहरुको पहिचान गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने व्यक्तिहरुलाई सहयोग गर्ने, टोल–टोलमा कोरोनाभाइरसकाबारे जनचेतना फैलाउने, घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गराउने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए/नभएको अनुगमन गर्ने, अनावश्यक भिडभाड गर्न नदिने, भिडभाड हुने स्थानको अनुगमन गर्ने काम गर्नुपर्नेछ ।

    यस्तै, ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगीलाई घर बाहिर निस्कन नदिने, निस्कनै परे जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्न लगाउने र आवश्यक सहजीकरणसमेत गर्नेलगायतका काम गर्नुपर्ने नीति अघि सारिएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    झापामा आजदेखि जेई विरुद्धको खोप अभियान
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.