सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुरको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।
सोमबार साँझ ६ बजेको समयमा मेचीनगर-६ स्थित मेचीपुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास-५ बस्ने २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो ।
उनीमाथि शंका लागेर जाँच गर्दा उनको साथबाट ४३ दशमलव १५ ग्राम ब्राउन सुगर भेटिएको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।
Advertisement







